आन्दोलनमा ज्यान गुमाएका परिवारलाई दश लाख उपलब्ध गराउने प्रहरीको निर्णय



काठमाडौँ, ३० भदौ । नेपाल प्रहरी प्रधान कार्यालयले ‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएका प्रहरीका परिवारजनलाई जनही दश लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ।

प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेका अनुसार भदौ २३ र २४ गते आन्दोलनको क्रममा कर्तव्य पालनाको सिलसिलामा मृत्युवरण गरेका प्रहरी परिवारजनलाई सो राहत रकम उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुभयो। आन्दोलनमा ज्यान गुमाएका परिवारलाई दश लाख उपलब्ध गराउने प्रहरीको निर्णय

उहाँका अनुसार प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरी सो रकम उपलब्ध गराउने निर्णय भएको हो।  

प्रकाशित मिति: ३० भदौ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्