झुम्का कारागारबाट भागेका ७०५ कैदीबन्दी पक्राउ
सुनसरी, भदौ ३१ । सुनसरीको झुम्का कारागारबाट भागेका ७ सय ५ कैदीबन्दी पक्राउ परेका छन् ।
जेनजी आन्दोलनका क्रममा जिल्लाको रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारबाट भागेका १ हजार ५७२ कैदीबन्दीमध्ये सोमबार साँझसम्ममा ७०५ जना कैदीबन्दी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सनाका अनुसार करागारमा रहेका दुई वटा ब्लकमध्ये २२७ बाहेक एकैसाथ एक हजार ५७२ जना कैदीबन्दी भागेका थिए ।
प्रकाशित मिति: ३१ भदौ २०८२, मंगलबार












