नख्खुबाट फरार कैदी सर्लाहीबाट पक्राउ



काठमाडौँ । काठमाडौं नख्खु कारागारबाट फरार एकजना कैदीलाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको छ ।

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका सर्लाही मलंगवा नगरपालिका–७ निवासी करिब ३० वर्षीय फिरोज मंसुर पक्राउ परेका हुन् ।

आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा सोमवार साँझ जिल्ला प्रहरी कार्यालय सर्लाहीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति: ३१ भदौ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्