जेनजी आन्दोलन : मृतक १० जनाको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिँदै



काठमाडौँ, भदौ ३१ । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका १० जनाको शव नगर परिक्रमा गर्दै आज अन्त्येष्टि गर्ने तयारी भएको छ ।

त्रिवि शिक्षण अस्पतालमा रहेका ९ र पाटन अस्पतालमा रहेका १ जनागरी १० मृतकको आज अन्त्येष्टि गर्न लागिएको हो ।

यसअघि नै जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका केही मृतकको दाहसंस्कार भइसकेको छ । थप १० जनाको चाहिँ आज हुन लागेको हो ।

नवनियुक्त गृह, कानुन न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गर्दै प्रदर्शनका क्रममा निधन भएकाहरूलाई सहिद घोषणा गर्दै राष्ट्रिय सम्मानसहित अन्त्येष्टि हुने बताएका थिए ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृत्यु हुनेको रिवारलाई १० लाख क्षतिपूर्ति र अन्य खर्च बापत ५ लाख गरेर १५ लाख रुपैयाँ दिने निर्णय समेत गरेको छ । जेनजी आन्दोलनमा ७२ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति: ३१ भदौ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्