ब्राजिललाई हराउँदै पाराग्वे सेमिफाइनलमा (भिडियो सहित)


 


befadd99b26f0609146f7aaff6cbf14e_L

चिली, असार १३

ब्राजिल कोपा अमेरिका कप फुटवलबाट बाहिरिएको छ । नेयमरबिनाको ब्राजिललाई हराउँदै पाराग्वे भने सेमिफाइनलमा पुगेको छ । निर्धारित समयमा १–१ गोलको बराबरी भएपछिको पेनाल्टी सुटआउटमा पाराग्वेले ४–३ को जित हात पार्‍यो ।

रोविन्होले खेलको १५ औं मिनेटमा ब्रजिललाई अग्रता दिलाएपनि डेरलिस गोन्जालेजले ७२ औं मिनेटमा गोल फर्काएपछि खेल बराबरीमा पुगेको थियो । यो खेलपछि सेमिफाइनल समीकरण पुरा भएको छ । अर्जेन्टिना र पाराग्वे तथा चिली र पेरु सेमिफाइनलमा भिड्नेछन् ।

भिडियो हेर्नुहोस्

https://www.youtube.com/watch?v=TS1xEkyB5JY

एजेन्सी

प्रकाशित मिति: १३ असार २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्