राजविराजमा सकेट बम फेला



सप्तरी, चैत्र २२

सप्तरीको राजविराज नगरपालिका– ४ स्थित कल्टुपोखरी छेउमा रहेको एक जना व्यापारीको घरमा आज बिहान शङ्कास्पद अवस्थामा रहेको सकेट बम फेला परेको छ । स्थानीय विनोद चौधरी दास को घरको गेट अगाडि प्लास्टिकले बेरिएको अवस्थामा सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

चौधरी विद्युतीय ब्याट्रीको व्यापार गर्दै आएको व्यापारी हुन् । बम निस्क्रिय पार्नको लागि अहिले राजविराजस्थित कृष्ण गणबाट नेपाली सेना, जिल्ला प्रहरी कार्यालयबाट नेपाल प्रहरी र सशत्र प्रहरी त्यहाँ पुगेको सप्तरीका प्रहरी उपरीक्षक अनुराग द्विवेदीले बताए ।

यसैबीच बम फेला परेको ठाउँमा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा ९क्रान्तिकारी०को पर्चा समेत फेला परेको प्रहरीले जनाएको छ । बम फेला परेको ठाउँमा अहिले अवस्था तनावपुर्ण रहेको स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News