एमालेले आज देशभरका सबै पालिकामा जनसभा गर्दै
काठमाडौं, कात्तिक २५ । नेकपा (एमाले) ले आज (मंगलबार) देशभरका सबै ७५३ वटै पालिकामा जनसभा गर्दैछ ।
संविधानको रक्षा र प्रतिनिधि सभा पुनस्र्थापानाका लागि भन्दै जनपरिचालनलाई तीव्रता दिएको एमालेले आज सबै पालिका तहमा प्रदर्शन गर्न लागेको हो ।
पालिका तहको प्रदर्शनका लागि एमाले महासचिव शंकर पोखरेलले पाँच बुँदे निर्देशन दिएका थिए । त्यहीअनुसार आज बिहानैदेखि पालिका तहमा प्रदर्शन, भेला र अन्तरक्रिया भइरहेको एमालेले जनाएको छ ।
यसअ िकात्तिक २२ गते वडा तहमा जनप्रदर्शन गरेको एमालेले यसपछि जिल्ला तहमा कात्तिक २९ गते प्रदर्शन गर्नेछ । राजधानी काठमाडौंमा भने मंसिर ६ गते व्यापक जनप्रदर्शन गर्ने एमालेको तयारी छ ।
ठूलो जनसभा चाहिँ एमालेले आगामी मंसिर २७ गते काठमाडौंमा गर्ने तयारी गरेको छ जुन दिन एमालेको ११ औं महाधिवेशन उद्घाटन गरिनेछ ।
प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलबार












