पाकिस्तान विरुद्धको दोश्रो टेष्ट श्रीलंकालाई


 


काठमाडौ, असार १४

Pakistan cricketer Azhar Ali looks on during the fourth day of the second Test match between Sri Lanka and Pakistan at the P. Sara Oval Cricket Stadium in Colombo on June 27, 2015.   AFP PHOTO / LAKRUWAN WANNIARACHCHI        (Photo credit should read LAKRUWAN WANNIARACHCHI/AFP/Getty Images)

पाकिस्तान विरुद्धको दोश्रो टेष्ट श्रीलंकाले जितेको छ । पाकिस्तानले दिएको १ सय ५३ रनको लक्ष्य श्रीलंकाले मात्र २६ दशमलब ३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । श्रीलंकाको जितमा करुणरत्नेले सर्वाधिक ५०, कप्तान एन्जोलो म्याथुजले ४३ र किथुरुवान भितान्जेले ३४ रन बनाए ।

पाकिस्तानका यासिर साहले २ र जुलफिकर बाबरले १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पकिस्तानले पहिलो इनिङमा मात्र १ सय ३८ रनमा अल आउट भएको थियो । पाकिस्तानका लागि मोहम्मद हफिजले ४२ र अजर अलिले २६ रन बनाउन बाहेक अन्य कुनै ब्याट्सम्यानले राम्रो पदर्शन गर्न सकेनन् ।

पाकिस्तानका ७ जना ब्याट्सम्यान दोहोरो अंकको स्कोर नगर्दै पभेलियन फर्के । पाकिस्तानलाई सस्तैमा आउट गर्नका लागि थारिन्दु कौशलले ५ तथा दाम्बिका प्रसादले ३ विकेट लिए । जवाफमा पहिलो दिन नै आफ्नो खेल थालेको श्रीलंकाले पहिलो इनिङ ३ सय १५ रन बनायो । श्रीलंकालाई मध्यम योगफल बनाउनका लागि ओपनर कौशल शिल्भाले ८०, कप्तान एन्जोलो म्याथुजले ७७, दाम्बिका प्रसादले ३५, कुमार सांगाकाराले ३४ र करुणरत्नेले २८ रन बनाए ।

पाकिस्तानका लागि पहिलो टेष्टमा उत्कृष्ट प्रदर्शन गर्दै ९ विकेट लिएका यासिर साहले दोश्रो टेष्टको पहिलो इनिङमा समेत ६ विकेट लिए । पहिलो इनिङमा १ सय ७७ रनले पछि परेको पाकिस्तानले दोश्रो इनिङमा केहि सम्हालिएको खेल प्रदर्शन गर्दै ३ सय २९ रन बनायो । पाकिस्तानका लागि अजर अलिले सर्वाधिक १ सय १७, अहमद साहजादले र युनिस खानले ४० रन बनाए ।

पाकिस्तानलाई मध्यम योगफलमा समेट्नका लागि श्रीलंकाका दाम्बिका प्रसादले ४, दुशमन्त चमिराले ३ र एन्जोलो म्याथुजले २ विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच समेत श्रीलंकाका दाम्बिका प्रसाद घोषित भए । जितसँगै ३ खेलको टेष्ट श्रृँखला १–१ को बराबरीमा पुगेको छ । श्रीलंका भ्रमणमा रहेको पाकिस्तानी टोलीले पहिलो टेष्ट १० विकेटले जितेको थियो ।

प्रकाशित मिति: १४ असार २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्