​अमेरिका पुग्यो महिला विश्वकप फुटबलको फाइनलमा


 


2655012_xbig-lndएजेन्सी, असार १६

अमेरिका महिला विश्वकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बुधबार विहान सम्पन्न पहिलो सेमिफाइनल खेलमा गत संस्करणको उपविजेता जर्मनीलाई २–० ले पराजित गर्दै अमेरिका उपाधी नजिक पुगेको हो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा दोश्रो हाफको १९ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा जर्मनीले अग्रता लिने मौका गुमाएको थियो । तर त्यसको ५ मिनेट बित्न नपाउँदै अमेरिकाले पेनाल्टीको अवसर प्राप्त गर्यो ।

पेनाल्टीमा लोएडले गोल गर्दै अमेरिकालाई १–० को अग्रता दिलाईन् । ३९ औं मिनेटमा ओ हाराले दोश्रो गोल गरेपछि अमेरिकाको जित लगभग पक्का भएको थियो ।

त्यसपछि कुनै टोलीबाट गोल हुन सकेन र खेल अमेरिकाले २–० ले जित्यो । अब अमेरिकाले उपाधीका लागि दोश्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । दोश्रो सेमिफाइनलमा डिफेण्डिङ च्याम्पियन जापान र ईंग्ल्याण्ड प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति: १६ असार २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्