उद्योग वाणिज्य महासंघमा मुरारका


 


PPM-274x300
मुरारका

काठमाडौं, असार १६

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा पशुपति मुरारका सर्वसम्मत निर्वाचित छन्। भाष्करराज राजकर्णिकार र भवानी राणाले आफ्नो दावी छोडेपछि मुरारका निर्विरोध निर्वाचित भएका हुन्।

मंगलबार पत्रकार सम्मेलन गर्दै राजकर्णिकारले आफ्नो समर्थन मुरारकालाई रहने बताएका थिए। राणाले वुधबार पत्रकार सम्मेलन गर्दै अध्यक्षमा आफ्नो पनि मुरारकाललाई समर्थन रहेको बताउँदै दावी छोडेकि हुन्।
महासंघका अध्यक्ष प्रदीपजंग पाण्डे भष्ट्राचार कसुरमा जेल परेपछि महासंघमा बाँकी कार्यकालको लागि अध्यक्षको निर्वाचन हुन लागेको हो। महासंघको शुक्रबार हुने विषेश साधारणसभाले मुरारकालाई औपचारिकता दिने छ।

प्रकाशित मिति: १६ असार २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्