कांग्रेस सदृढीकरणका लागि महामन्त्री शर्माको यस्तो छ ‘रोड म्याप’ (पूर्णपाठ)
काठमाडौं । नेपाली कांग्रेसको विशेष दास्रो महाधिवेशनको बन्दसत्र जारी छ ।
भृकुटीमण्डपमा जारी बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले ‘बदलिएको देश–बदल्नुपर्ने कांग्रेस । सद्भाव, सुशासन र समुन्नतिको नवीन यात्रा’ नारासहितको प्रस्ताव राखेका छन् ।
उनले पार्टीको पुरानो पुस्ताबाट आम नागरिक र पार्टीमा आस्था राख्नेहरुमा निराशा ल्याएको भन्दै त्यसलाई चिर्न विशेष महाधिवेशन गरिएको स्पष्ट पारेका छन् । साथै कांग्रेसलाई नवीन रुपमा अघि बढाउन रोडम्याप समेत विशेष महाधिवेशनले तय गर्ने उल्लेख गरिएको छ ।
‘आशा टुट्यो र निराशा झ्याङ्गियो भने देश बन्दैन । थकित र निराश व्यक्तिले परिवार चलाउन सक्दैन । इँटा र रडले भन्दा पारिवारिक प्रेम र विश्वासले बलियो हुन्छ घर । संरचनाको व्यापकताले होइन, त्यसमा भरिएको उर्जाले बलियो हुन्छ संस्था । हामीसँग संरचना व्यापक बनेृका छन्, तीनमा बदलिएको चुनौती सामना गर्ने प्राण भर्ने संकल्प विशेष महाधिवेशन गर्नुछ,’ महामन्त्री शर्माले राखेको प्रस्तावमा भनिएको छ ।
त्यस्तै आजै बन्दसत्रमा सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति भंग गरी नयाँ नेतृत्व चयन गर्ने घोषणा समेत गरेको छ । महाधिवेशनको बन्दसत्रले पारित गरेको विशेष महाधिवेशन कार्यविधि-२०८२ (नयाँ पार्टी सभापति निर्वाचित गर्ने कार्यविधि) मा नयाँ नेतृत्व चयनदेखि विधान संशोधन समेत गर्न सक्ने व्यवस्था उल्लेख छ । यो व्यवस्था अनुसार हलको निर्णयका आधारमा महामन्त्री गगन थापा सभापति सहितको केन्द्रीय समिति वैशाखमा हुने नियमित महाधिवेशनसम्मका लागि चयन हुने देखिएको छ । कांग्रेसको नियमित महाधिवेशन आगामी वैशाख अन्तिम सातालाई तोकिएको छ ।
त्यस्तै बन्दसत्रको हलले पारित गरेको कार्यविधिमा पार्टीबाट २ पटक भन्दा बढी समय प्रधानमन्त्री बन्न नपाउने प्रस्ताव गरिएको छ ।
प्रकाशित मिति: २८ पुस २०८२, सोमबार
















