कांग्रेस विशेष महाधिवेशन पक्षधर केन्द्रीय कार्यसमिति बैठकमा नजाने



काठमाडौं, पुस २९ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षका केन्द्रीय सदस्यहरु आज बोलाइएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने भएका छन् ।

आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक आह्वान गरिएको छ ।

संस्थापन पक्षीय नेताहरूले विशेष महाधिवेशन अवैधानिक भनिरहेका छन् भने विशेष पक्षधरहरूले भने नेतृत्व र नीति चुन्नेगरी अघि बढ्ने बताएका छन् । पार्टी विवादबारे आजै दुवै पक्षबीच वार्ता हुँदैछ ।

प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्