नेकपाका केन्द्रीय सदस्यहरूको शपथ आज



काठमाडौं, पुस २९ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूले आज शपथ ग्रहण गर्दैछन् ।

पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो साढे १ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय भएको नेकपाले जनाएको छ ।
गत २९ कात्तिकमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत दर्जनभन्दा बढी वामघटकहरूबीच एकतापछि नेपाली कम्युनिस्ट पार्टी घोषणा गरिएको थियो ।

प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्