काँग्रेस विशेष महाधिवेशन : दोस्रो दिनको बन्द सत्र सुरू
काठमाडौं, पुस २९ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र सुरू भएको छ ।
बन्द सत्रमा दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सहभागी भएका छन् ।
यसबीच कांग्रेस केन्द्रीय समिति बैठक मंगलबार १ बजे बस्दैछ । विशेष महाधिवेशन पक्षधरहरूले केन्द्रीय समिति बैठकमा भाग नलिने बताइसकेका छन् ।
केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले विशेष महाधिवेशनको बन्द सत्रमा कार्यविधि पारित भइसकेको अवस्था रहेको र आज पनि बन्द सत्र चल्ने भएकाले आफूहरू केन्द्रीय समिति बैठकमा उपस्थित नहुने बताएका छन् ।
उनले विशेष महाधिवेशनको बन्द सत्रमा अहिलेको केन्द्रीय समिति भंग गर्ने प्रस्ताव भएर छलफल जारी रहेकाले आफूहरु केन्द्रीय समिति बैठकमा सहभागी नहुने उनले बताए ।
प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार












