नेपाली पत्रकारितामा गुणस्तर वृद्धि गर्न आवश्यक : मन्त्री खरेल



काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली पत्रकारितामा गुणस्तर वृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । 

सूचना तथा प्रसारण विभागद्वारा आज आयोजित कार्यक्रममा मन्त्री खरेलले सत्य, तथ्य र विश्वसनीयतासहित अध्ययन/अनुसन्धानमा आधारित व्यावसायिक पत्रकारिताको निम्ति आग्रह गर्नुभयो ।  

नेपाली पत्रकारितामा टिकिराख्न सिर्जनात्मक, उत्कृष्ट वा भिन्न हुनुपर्ने उल्लेख गर्नुहुँदै मन्त्री खरेलले व्यावसायिक पत्रकारिताका लागि अध्ययन/अनुसन्धान आवश्यक रहेको बताउनुभयो ।

सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले प्रविधिको प्रभावले स्रोत फराकिलो, सङ्कटमा पत्रकारिता, पत्रकारिताको पेसागत सुरक्षा इमानदारिता खोजमूलक र जिम्मेवार पत्रकारिता जरुरी रहेको उल्लेख गर्नुभयो ।

प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्