कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, विशेष महाधिवेशनमा उम्मेदवारी दर्ता



काठमाडौं, पुस ३० । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । बैठक बुधबार बिहान पार्टी मुख्यालय सानेपामा बस्दैछ ।

बैठकमा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यसअघि मंगलबार बैठक दिउँसो १ बजेका बसेको थियो ।

बैठकमा छलफलको क्रम जारी रहेकोले बैठक आज बिहानका लागि तय गरिएको मुख्यसचिव पौडेलले जानकारी दिए ।

पार्टीको १५ औँ महाधिवेशनलाई लिएर अहिले पार्टी दुई भागमा ध्रुवीकरण भएकाले यही विषयलाई नै मुख्य एजेन्डा बनाएर बैठकमा छलफल चलिरहेको छ ।

उता महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वमा आइतबारदेखि विशेष महाधिवेशन चलिरहेको छ । विशेष महाधिवेशनमा आज विहान नै उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

विशेष महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गरे कांग्रेस विभाजन तिर जाने सम्भावना बढेको छ ।

प्रकाशित मिति: ३० पुस २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्