तराई भूभागमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक प्रभाव
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
आज दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु र कुहिरो रहनेछ । मध्याह्नबाट भने क्रमिक रूपमा सुधार हुने सम्भावना छ ।
कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ ।
त्यसैगरी, आज राति तराई भागका केही स्थानमा हुस्सु रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: ३० पुस २०८२, बुधबार












