काँग्रेसमा अब निर्णायक वार्ता, देउवाले गगन र विश्वलाई निवासमै बोलाए



काठमाडौं, पुस ३० । काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा देखिएको विवाद समाधानका लागि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई महाराजगञ्जस्थित आफ्नै निवासमा बोलाएका छन् ।

प्रतिनिधिहरूबीचको छलफल निर्णयमा पुग्न नसकेपछि देउवाले दुवै महामन्त्रीलाई बोलाएर निर्णायक वार्ता गर्न लागेको बताइएको छ ।

मंगलबार दिनभर छलफल भए पनि देउवाले विशेष महाधिवेशनपक्षधरहरूको मागबमोजिम सभापति पद छोड्न तयार नभएपछि विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा निर्वाचन कार्यक्रम अघि बढाइएको छ ।

प्रकाशित मिति: ३० पुस २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्