नेपाल टेलिकमले ल्यायो विन्टर अफर
काठमाडौँ । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक विन्टर अफर ल्याएको छ ।
यसअघि नै उपलब्ध अटम अफर अन्तर्गतका विभिन्न प्याकेजहरुलाई सेवाग्राहीले निकै नै रुचाएको पाइएकोले त्यसैलाई निरन्तरता दिइएको टेलिकमले जनाएको छ ।
पहिले देखि नै उपलब्ध एनटी–एनटी भ्वाइस प्याक, अल नेट भ्वाइस प्याक, अनलिमिटेड भ्वाइस प्याक, विभिन्न प्रकारका डाटा प्याक र अनलिमिटेड प्याकेज, कम्बो प्याक, सजिलो अनलिमिटेड प्याक, इयर्ली अनलिमिटेड प्याक, रेन्टल सहितको पोस्टपेड प्याकेज, सोसल मिडिया प्याक लगायतका प्याकेजहरु यथावत उपलब्ध छन् ।
नेपाल टेलिकमको एड अन प्याक, सीयूजी प्याकेज, फरक क्षमता भएका व्यक्तिहरूका लागि प्याकेज तथा नमस्ते वाइफाई प्रयोगकर्ताहरूका लागि उपलब्ध बन्डल प्याकेज लगायतका प्याकेजहरु समेत उपलब्ध छन् । त्यसैगरी एफटीटीएच अन्तर्गतका प्याकेजहरु पनि यथावत राखिएका छन् ।
नेपाल टेलिकमले हाल पोस्टपेड मोबाइलमा उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्याकेजलाई रिकरिङ प्याकेजको रुपमा निरन्तरता दिइएको छ ।
यस अनुसार सजिलो अनलिमिटेड प्याकेज प्रयोगकर्ताहरूले प्रत्येक महिना यसलाई नवीकरण गर्नुपर्ने झन्झट हुनेछैन र सो प्याकेज स्वतः नवीकरण हुनेछ ।
प्रकाशित मिति: १२ माघ २०८२, सोमबार
















