सुनचाँदीको मूल्यले बनायो ऐतिहासिक रेकर्ड, तोलाकै ३ लाख १८ हजार नाघ्यो



काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

आज सुन प्रतितोला ९ हजार ५०० रुपैयाँले वृद्धि भएर तोलाको ३ लाख १८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन प्रतितोला तीन लाख नौ हजार ३०० रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ४३० रुपैयाँले बढेर प्रतितोला ७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मंगलबार चाँदी प्रतितोला ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: १४ माघ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्