टी–२० विश्वकप : नेपाल आज इटालीसँग प्रतिस्पर्धा गर्दै



काठमाडौँ, माघ २९ । आइसिसी टी–२० विश्वकपअन्तर्गत आज नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दैछ ।

मुम्बईको वानखेडे रंगशालामा दिउँसो ३ः१५ बजे खेल सुरु हुनेछ । यो दुवै टोलीको प्रतियोगिताको दोस्रो खेल हो ।

नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो भने इटाली स्कटल्याण्डसँग ७३ रनले हारेको थियो ।

समूह ‘सी’ मा सुपर–८ पुग्ने सम्भावना जोगाइराख्न दुवैका लागि आजको खेल महत्त्वपूर्ण मानिएको छ ।

टी–२० फम्र्याटमा नेपाल र इटालीबीच पहिलोपटक भेट हुँदैछ । यसअघि ५० ओभरको खेलमा तीन पटक प्रतिस्पर्धा हुँदा नेपालले सबै खेल जितेको थियो । पछिल्लो भेट सन् २०१३ मा भएको थियो ।

प्रकाशित मिति: २९ माघ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्