ऐरी आइसिसी टी–२० आइको अलराउन्डर वरीयताको चौथो स्थानमा
काठमाडौँ ६ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा उनी चौथो स्थानमा उक्लिएका हुन् ।
यसअघि उनी छैटौँ स्थानमा थिए । तर, टी–२० विश्वकपमा सानदार प्रदर्शन गरेसँगै उनले आफ्नो वरीयतामा सुधार गरेका हुन् ।
उनले चार खेलमा दुई अर्ध शतकसहित १६९ रन बनाएका थिए । उनी सर्वाधिक रनकर्ताको सूचीमा तेस्रो स्थानमा छन् । यस्तै बलिङतर्फ उनले १३ ओभर गर्दै ८९ रन खर्चिएर २ विकेट लिएका थिए । उनको ती २ विकेट इङ्ल्यान्डविरुद्ध नै थियो । उक्त खेलमा नेपाल ४ रनले पराजित भएको थियो ।
वरीयतामा पाकिस्तानका साइम अयुब शीर्ष स्थानमा उक्लिएका छन् । उनले ३०३ रेटिङ अङ्कसहित पहिलो स्थान ओगटेका हुन् ।
दोस्रो स्थानमा जिम्बाब्वेका सिकन्दर रजा रहँदा भारतका हार्दिक पाण्ड्या तेस्रो स्थानमा छन् । नेपालका कुशल भुर्तेल एक स्थान सुधार्दै २२औँ स्थानमा पुगेका छन् । कप्तान रोहितकुमार पौडेल ३९ स्थान रहँदा गुल्शनकुमार झा १५ स्थान तल खस्किँदै ७२औँ स्थानमा पुगेका छन् ।
प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार
















