आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना



काठमाडौं, फागुन २५ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेश सहित लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । बाँकी पहाडी भू–भागमा आंशिक बादल लागेको छ भने तराई भू–भागका केही स्थानहरूमा तुवाँलो लागेको छ ।

सोमबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भामामा साधारणतया बादल लाग्नेछ भने बाँकी भू–भागमा आंशिक बादल लाग्ने छ ।

कोशी, मधेस, बागमती, गण्डकी प्रदेश सहित लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्