यी हुन् विश्वका १० चर्चित यौन बजार


 


पछिल्लो समयमा सहबास बजार विश्वमा नै फस्टाउँदै गएको छ । कतिपय देशहरुमा यौन बजार वैध छ भने कतिपय देशहरुमा बर्जित भएपनि गोप्य रुपमा सहबास बजार फस्टाइरहेको छ । ती मध्ये केही सेक्स बजार यस्ता छन् ।

थाइल्याण्ड

थाइल्यान्डको राजधानी बैंकक संसारकै सबैभन्दा ठूलो यौन बजार हो । यहाँ करिब ३० लाखजति यौन व्यवसायी रहेको अनुमान गरिएको छ । समलिंगीका लागि समेत त्यहाँ खुला छ । बैंककको पताया र पातपङमा यौनकर्मी बढी केन्द्रित छन् ।

नग्न नृत्य, पूर्ण यौन सुविधालगायत विभिन्न सेक्स शो त्यहाँ देखाइन्छ । बैंककको यौन बजारमा पुग्नेले डिस्को र डान्स क्लबमा खुलेआम न्युड शो चलिरहेको देख्न पाउँछन् । त्यहाँका यौनकर्मी सरकारी कार्यालयमा दर्ता भएका छन् र उनीहरू नियमित कर तिर्छन् ।

त्यसैले उनीहरूको स्वास्थ्य र सुरक्षामा सरकारले समेत चासो देखाउने गरेको छ । कुनै बेला धर्मराएको अर्थतन्त्रलाई लिकमा ल्याउन थाइल्यान्डले यौन पर्यटन आरम्भ गरेको थियो ।

डोमेनिकन गणतन्त्र

विश्व सहबास बजार मध्ये क्यारेबियन राष्ट्र डोमेनिकन रिपब्लिक सबैभन्दा अगाडि मानिन्छ । यहाँ ६० हजार महिला यौनकर्मी रहेको अनुमान छ भने यौन व्यवसायका लागि विभिन्न देशका महिलाहरु समेत डोमिनिकन गणतन्त्र पुग्ने गरेका छन् ।

डोमिनिकन गणतन्त्रमा यौन व्यवसाय खुल्ला भएपनि कम उमेरका महिलासँग यौन सम्पर्क गरिनु गैरकानुनी मानिन्छ ।

तर, यहाँका अधिकांश यौनकर्मी किशोरीहरु नै रहेको अनुमान छ । यहाँ देह व्यापार दिन २ गुणा रात चौगुणाको दरले बढिरहेको छ ।

कम्बोडिया

कम्बोडियामा सेक्स व्यापार गैह्रकानुनी हो । तर, यहाँ सेक्स बजार दिन प्रतिदिन फस्टाउँदो छ ।

विश्वमा निकै गरिब राष्ट्रमा पर्ने भएकोले पनि यहाँका महिलाहरु जीवन धान्नका लागि यौन व्यवसाय गर्न बाध्य बन्ने गरेका छन् ।

कम्बोडियामा यौन व्यवसायमा बालबालिका प्रयोग भएको भन्दै बेलाबेलामा चर्को आवाज उठ्ने गरेको छ ।

नेदरल्यान्ड्स

नेदरल्याण्ड्स सरकारले यौन व्यवसाय गर्नका लागि छुट्टै ‘रेड लाइट’ एरिया नै तोकेको छ । त्यहाँ देशभित्र र बाहिरका मानिसहरु यौन व्यवसायमा सामेल हुन्छन् ।

आम्सटर्डमकाम रहेको उक्त एरियाका होटल लजहरुमा समेत यौन बिक्री गर्ने व्यवसायी प्रशस्तै पाइन्छन् ।

केन्या

अफ्रिकी मुलुक केन्या पनि विश्वको यौन व्यवसाय चल्ने देशमा पर्छ । यहाँका मानिसहरु गरिबीका कारण यौन व्यवसायमा सामेल हुने गरेका छन् । तर केन्याको यौन बजार विश्वकै असुरक्षित यौनबजार मध्ये पर्छ ।

ब्राजिल

पछिल्लो समयमा विश्व अर्थतन्त्रमा उदाउँदा गतिमा रहेको ब्राजील नेपाल जस्तै जंगल सयर, सुन्दर र मिजासिला मानिसहरुका साथै मन लोभ्याउने समुन्द्री किनार रहेको सुन्दर भूमि पनि हो ।

यहाँ रहेको यौन बजारमा मानिसहरुले आफ्नो गन्तव्य बनाउने गरेका छन् । ब्राजील विश्वकै दोस्रो ठूलो यौन बजार पनि हो । यहाँ महिला र पुरुष दुवै यौन व्यवसायी हुन्छन्

फिलिपिन्स

फिलिपिन्स यौन व्यवसाय बर्जित देश हो । यहाँ यौन व्यवसायीहरुलाई पक्रने र कडा सजाय समेत दिने गरेको पाइन्छ । तर पनि फिलिपिन्समा लुकेर यौन व्यवसाय गर्नेहरुको कमी छैन ।

यहाँ झण्डै ५ लाख मानिसहरु यौन व्यवसायमा सामेल हुने गरेको अनुमान छ । फिलिपिन्समा रहेकमा बारहरुमा अधिकांश यौन ग्राहक पुग्ने गरेका छन् ।

कोलम्बिया

कोलम्बिया पछिल्लो समयमा दक्षिण अमेरिकाको चर्चित सेक्स बजार हो । लागु औषधकाम लागि यहाँ मानिसहरु कम पैसामा पनि यौन व्यवसायमा सामेल हुने गरेका छन् । यहाँ दलाली गरेरै यौन व्यापार मच्चाउने मानिसहरु पुग्छन् । निकै सुन्दर महिलाहरु हुने कोलम्बियामा यौन बजार फस्टाउदो छ ।

इन्डोनेसिया

बढी संख्यामा बालबालिका संलग्न भएको यौन बजारमध्ये इन्डोनेसिया पनि एक हो । त्यहाँको यौन बजारमा विदेशी पनि आकर्षित भएपछि इन्डोनेसियाली सरकारलाई यौनकर्ममा बालबालिकाको संलग्नता रोक्न ज्यादै अप्ठेरो भएको छ ।

इन्डोनेसियामा यौन व्यवसाय कानुनी रूपमा वर्जित छ । नैतिक दृष्टिकोणले समेत यसलाई त्यहाँ ज्यादै तल्लो स्तरको पेशा मानिन्छ ।

यति हुँदाहुँदै पनि विदेशी पर्यटकलाई समेत आकर्षित गर्ने स्तरमा यहाँको यौन बजारको विकास भएको छ ।

कानुनी रूपमा बन्देज लगाइएकाले यहाँका यौन व्यवसायीले सामाजिक सञ्जाल तथा वेबसाइटको बढी प्रयोग गर्ने गरेका छन् ।

स्पेन

स्पेनका म्याड्रिड, बार्सिलोनाजस्ता शहर यौन सन्तुष्टि खोज्नेका लागि आकर्षक गन्तव्य बन्न पुगेका छन् । यहाँको नाइट लाइफ ज्यादै भव्य छ । देहव्यापारलाई कानुनी मान्यता दिइएकाले युरोपभरिमै स्पेन प्रमुख सेक्स गन्तव्य बन्न पुगेको छ ।

म्याड्रिडमा रहेको रेड लाइट एरियामा विभिन्न ठाउँबाट मानिस सजिलै आउन सकून् भनेर बाटोघाटोको राम्रो व्यवस्था मिलाइएको छ ।

स्पेनको यौन बजारमा स्पेनिसभन्दा बढी दक्षिण अमेरिकी नागरिक सक्रिय छन् । त्यसमध्ये प्रायः सबै महिला छन् ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: १७ असार २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्