चर्चित पप गायक जस्टिन बिबरको प्रस्तुती हेलिकप्टरबाट !



विश्वकै सर्वाधिक चर्चित पप गायक जस्टिन बिबर भारतमा एक भव्य कन्सर्टमा आउँदैछन् । मे १० तारिखका दिन मुम्बइको डी वाइ पाटिल स्टेडियममा उनको भव्य कन्सर्ट आयोजना हुँदैछ ।

ह्वाइट फक्स इन्डिया नामको कम्पनीले यो कार्यक्रमको आयोजना गर्न लागेको हो ।भारतमा कन्सर्टका लागि आउन लागेका विश्वकै चर्चित यूवा गायकले आफ्ना लागि निकै लामो डिमाण्ड पेश गरेका छन् । जसलाई , आयोजक कम्पनी ह्वाइट फक्स इन्डियाले सार्वजनिक गरेको छ ।

जस्टिनको रोचक डिमाण्डहरु :

१। जस्टिन बस्ने होटलमा १३ वटा कोठा बुक हुनुपर्नेछ । सुरक्षाको कारणले एउटा होइन कि २ वटा फाइभ स्टार होटल बुक हुनुपर्नेछ ।

२। बिबरको ड्रेसिङ रुममा सफा पर्दा अनिवार्य छ । कोठामा काँचको फ्रिज हुन जरुरी छ ।

३। बिबरको कोठामा २४ वटा पानीको बोत्तल हुन आवश्यक छ । ४ इनर्जी ड्रिक, ६ वटा भिटामिन वाटरको बोत्तल, ६ वटा क्रिम सोडा र विभिन्न फलफूलको रस हुन आवश्यक छ ।

४। खानमा विविधता हुनका लागि शाहाकारी र मांसहारी खानाको सूची समेत जारी गरिएको छ ।

५। हेल्थ फुडमा नरिवलको पानी, बदाम शेक, प्रोटिन पाउडर, हर्वल चिया, फ्रेस फलफूल आवश्यक छ ।

६। उनको वरिपरी कतै पनि लिलीको फूल हुनु हुँदैन ।

७। बिबरको पूरा टिमका लागि विभिन्न साइजको टीसर्ट पनि सूचीमा समावेश छ ।

८।जस्टिन बिबरलाई लिनका लागि १० लग्जरी कार, २ भल्वो बस वुक हुनु आवश्यक छ ।

९। आयोजकले सुरक्षाका लागि तैनाथ गरेका सुरक्षाकर्मीसँगै ८ जना उनका निजी बडिगार्ड पनि साथमा रहनेछन् ।

१०। कार्यक्रममा प्रस्तुतीका लागि पुग्दा विवरका लागि चार्टर हेलिकप्टर आवश्यक पर्नेछ । उनी, सडक मार्गबाट कार्यक्रममा जाने छैनन् ।

११। बिबर कार्यक्रमपछि विभिन्न स्थानमा जान चाहेको खण्डमा उनका लागि निजी जेट प्लेन पनि बुक गर्नुपर्नेछ ।

१२। बिबर जब भारत आउनेछन्, उनको साथमा सोफा सेट, प्ले स्टेशन, वासिंग मेसिन, टेवल टेनिसकी टेबल पनि लिएर हिड्नेछन् ।

मे १० मा आयोजना हुन लागेको कन्सर्टको टिकट सबै विक्री भैसकेको आयोजकले बताएको छ ।

-एजेन्सी

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News