सामसङलको नयाँ वर्ष अफर ‘स्मार्ट घर, स्मार्ट सुरुवात’
काठमाडौ । सामसङले लागि नयाँ वर्षको अवसरमा टिभी र होम एप्लायन्सका ग्राहकका लागि ‘स्मार्ट घर स्मार्ट सुरुवात’ अफर सुरु गरेको छ ।
यो अफर २०२६ अप्रिल १ देखि मे १४ सम्म लागू हुनेछ। विश्वकै नम्बर १ टिभी र होम अप्लाएन्सहरुमा आकर्षक अफरहरूले जीवनशैलीलाई सजिलो बनाउने सामसङ्ले जनाएको छ । नु
यस क्याम्पेन अन्तर्गत सामसङले टिभी मा २५ प्रतिशतसम्मका छुट वाशिंग मेशिनमा २३ प्रतिशतसम्मका छुट, र रेफ्रिजरेटरमा १७ प्रतिशतसम्मका छुट उपलब्ध गराएको छ।
यस अफरलाई अझ आकर्षक बनाउन, चुनित टिभी मोडेल किन्दा रु ३००० बराबर १२ महिनासम्मको नेटटिभी प्याकेज निशुल्क उपलब्ध छ।
प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलबार
















