सुनको मूल्य बढ्यो, चाँदीको के भयो ?



काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन तोलामा तीन हजार एक सय रुपैयाँले बढेर दुई लाख ९९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन तोलामा दुई लाख ९६ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १६५ रुपैयाँले बढेर पाँच हजार ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

सोमबार चाँदी तोलामा चार हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: १ बैशाख २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्