खाँदबारीमा १८ बर्ष पछि दमकल


 


संखुवासभा, असार १७

नगरपालिका स्थापना भएको १८ बर्ष पछि संखुवासभाको खाँदबारी नगरपालिकामा अग्नी पहिलो पटक दमकल ल्याइएको छ । अब सदरमुकाम, आसपासका क्षेत्र र सदरमुकामसँग सडक सञ्जालले जोडिएको ग्रामीण भेगमा समेत आगलागी नियन्त्रणका लागि दमकलको प्रयोग गर्न सकिने कार्यकारी अधिकृत मणीराम खतिवडाले बताए ।

४ हजार ५ सय लिटर पानी बोक्ने क्षमता रहेको दमकल ६६ लाख रुपैयाँमा खरिद गरिएको हो । हरेक बर्ष आगलागीबाट पीडित बन्दै आएका सदरमुकामबासीले अब त्रसित हुनु नपर्ने खतिवडालको भनाई छ । सुख्खा मौसममा सदरमुकाममा गत वर्षमात्रै २ पटक आगलागी भएको थियो ।

प्रकाशित मिति: १७ असार २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्