ट्रक दुर्घटना एकको मृत्यु, दुई घाइते


 


उदयपुर, असार १७

उदयपुर–ओखलढुङ्गा चल्ने सिद्धिचरण लोकमार्गमा बिहीबार विहान मालबाहक ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको पश्चिमी नगरपालिका कटारी बजारबाट सोलुखुम्बुतर्फ जाँदै गरेको ना २ ख ५४५९ नम्बरको मालबाहक ट्रक को हर्देनी २ स्थित ठाँटी पहिरोमा दुर्घटना हुँदा सोलुखुम्बु दिङ्ला ७ का १८ वर्षीय जीवन खड्काको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

इप्रका प्रमुख डिएसपी सरोज पौडेलका अनुसार दुर्घटनामा परी सोलुखुम्बु दिङ्ला ७ कै १९ वर्षीय शोभित खड्का र चालक सिन्धुली टाँडी ७ का २६ वर्षीय उत्तम खड्का घाइते भएका छन् । घाइते दुवै जनालाई उपचारका लागि धरानस्थित बिपी कोइराला मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
अत्याधिक भारमाथि मान्छे चढाएर हिडेको ट्रक ठाँटी पहिरोको उकालोमा चढ्न नसकेपछि पछि परेको ट्रक सडकभन्दा सय मिटर तल खसेर दुर्घट्नामा परेको प्रहरीले जनाएको छ । ठाँटी पहिलो सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी खण्डकै सबैभन्दा जोखिमपूर्ण खण्ड हो । वर्षैपिच्छे दुर्घटना हुने गरेको ठाँटी पहिलोको पुन निर्माण र मर्मतमा वर्षेनी सडक कार्यालयले खर्च गर्ने गरेपनि गतिलो काम नगर्ने भएकाले सँधै यस्तो समस्या हुने गरेको स्थानीय बताउँछन् ।

प्रकाशित मिति: १७ असार २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्