२६.१६ अंकले घट्यो नेप्से‚ कारोबार भने बढ्यो



काठमाडौं। मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २६.१६ अंकले घटेको छ।

अघिल्लो कारोबार दिनको तुलनामा ०.९३ प्रतिशतले घटेको नेप्से २७७०.२६ विन्दुमा अडिएको छ।

नेप्सेमा आज ३४९ कम्पनीको एक लाख ५१ हजार ३५४ पटकको कारोबारमा एक करोड ४० लाख १८ हजार ९२० कित्ता सेयर किनबेच भए। जसअनुसार ६ अर्ब ५३ करोड १७ लाख २३ हजार २२६ रुपैयाँको कारोबार भयो।

सोमबार चार अर्ब ७४ करोड ८८ लाख नौ हजार १२७ रुपैयाँको कारोबार भएको थियो।

सेयर बजारमा आज ४२ कम्पनीका मात्र सेयरमूल्य बढे। २१३ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा १४ कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज १३ समूहका कारोबार भएकामा अन्य समूहको उपसूचक ०.७३ प्रतिशतले बढ्यो भने बाँकी १२ समूहका उपसूचक घटे।

जसअनुसार वाणिज्य बैंक समूहको सूचक ०.८४‚ विकास बैंक १.२२‚ फाइनान्स ०.६१‚ होटेल तथा पर्यटन समूहको सूचक २.५६ प्रतिशतले घट्यो। जलविद्युत् १.७४‚ लगानी ०.४७‚ जीवन बिमा ०.१६‚ उत्पादन तथा प्रशोधन २.४६‚ लघुवित्त ०.४४‚ म्युचुअल फन्ड ०.३१‚ निर्जीवन बिमा समूहको उपसूचक ०.३९ प्रतिशतले घट्यो। अन्य समूह भने ०।७३ प्रतिशतले बढ्दा व्यापार समूहको उपसूचक ०.३९ प्रतिशतले घटेको छ।

नेप्सेमा हिमालयन बैंक लिमिटेड बोन्ड-२०८६ का सेयरधनीले ४.७४ प्रतिशतले आम्दानी गरे। यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले १४.९९ प्रतिशतले सेयरमूल्य गुमाए।

कारोबार रकमका आधारमा पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेड अग्रस्थानमा रह्यो। आज पाल्पाको ५८ करोड ३३ लाख ४० हजार ७१६ रुपैयाँको कारोबार भयो।

त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज कुमारी बैंक लिमिटेड सबैभन्दा अगाडि रह्यो। यसको नौ लाख ९८ हजार ७२५ कित्ता सेयर किनबेच भयो। यसको अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता २२१ रुपैयाँ कायम रह्यो।

प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्