विश्व च्याम्पियन बनेकी भोजपुरे छोरीको कथा


 


भोजपुर, असार १८
Mira Rai
सेना समायोजनका बेला अयोग्य ठहरिएपछि उनलाई जीवनदेखि नै दिग्दार लागेको थियो। अत्यन्त कमजोर अवस्थाको परिवारलाई आर्थिक रुपमा उठाउनकै लागि उनी कुनैबेला माओवादी युद्धमा होमिएकी थिइन। उनले माओवादी ‘क्रान्ती’ बाट आफ्नोमात्र नभई पूरै देशको मुहार फेरिने विश्वास लिएकी थिइन।

घरको कमजोर आthumb2767-24र्थिक अवस्थाले सानै उमेरदेखि मिरा राईलाई पिरोल्न थालिसकेको थियो। पारम्भिक शिक्षा गाउँकै स्कुलमा भए पनि थप शिक्षा हासिल हुन कठिन भएको बुझेकी उनी आफूले नपाए पनि भाई र बहिनीबाट धेरै पढ्ने आफ्नो सपना पूरा गराउन चाहन्थिन।

उसै विकट भोजपुर, त्यसमा पनि अझै विकट सानोदुम्मा गाविस ९ मा मिराको परिवार दैनिक हातमुख जोर्नकै लागि संघर्षरत थियो। त्यसमा उनी आमाबाबुलाई सघाउन चाहन्थिन। जसले उनलाई कक्षा ६ मा अध्ययनरत रहँदा नै माओवादीमा आवद्ध गरायो। पार्टीमा लागे पनि दुई वर्ष घरमै बसेर पढाई अघि बढाउने मौका पाएकी उनी ८ कक्षा पुगेपछि माओवादीको पूर्णकालिन सदस्य बनेकी थिइन।

क्रान्ति र राजनीतिका कुरा धेरै नबुझेकी उनी पार्टीमा लाग्नुको मुख्य उद्देश्य घरको अवस्थामा सुधार ल्याउनु नै थियो। माओवादी सेनालाई सामूहिक रुपमा नेपाली सेनामा समायोजन गर्ने खवरले उनमा उत्साहको संचार गरायो।

सेना समायोजनमा पर्न सके घरको अवस्थामा सुधार आउने विश्वास उनको थियो। तर, उनी अनमिनबाट अयोग्य घोषित भइन्। सेनाको फुली लगाएर मातापितालाई आर्थिक रुपमा सघाउने उनको योजना सदाका लागि चकनाचुर भयो।

तर जीवनले नयाँ मोड लियो, सायद सेना समायोजनमा पर्नुभन्दा राम्रो करियर उनले पाइन। सिपाहीको जागिर नपाएको पीडाले थुप्रै रात निदाउन नसकेकी तिनै मिरा अहिले देशकै गौरव बनेकी छिन्। अल्ट्रा दौडको विश्व च्याम्पियन बनेर अन्तर्राष्ट्रिय जगतमा नेपालको झण्डा फहराएकी छिन्।

फ्रान्समा गत शनिबार सम्पन्न ८० किलोमिटर दुरीको म्याराथन डु मोन्ट ब्लान्स अल्ट्रा दौडको उपाधि जित्दा मिराले १२ घन्टा ३१ मिनेट १२ सेकेन्डमा निर्धारित दुरी तय गरेकी थिइन।2

‘यसलाई युरोपकै कठिन कोर्स मानिदो रहेछ,’ विश्वका चर्चित धाविकाहरुलाई पछि पार्दै उपाधि उचालेकी मिराले आइतबार फ्रान्सबाट टेलिफोनमा विजयअनुभव सुनाइन्, ‘तर, मैले कोर्सलाई सहज रुपमा लिए। यो भन्दा गाह्रो, खतरामा त गर्न सकिन्छ भने यो किन नसक्नु भन्ने लाग्यो।’

६० किलोमिटर सम्म उनी स्पेनकी अन्ना कोमेट पासकुवाभन्दा पछि थिइन्। ‘त्यतिबेलासम्म मैले हल्का जकिङ गर्दै ब्यालेन्सलाई निरन्तरता दिन प्रयास गरेँ,’ उनले स्मरण गरिन्, ‘अन्तिममा तान्छु भन्ने थियो। ६० किलोमिटरपछि विस्तारै गति बढाए।

त्यसले जित्न सहज भयो।’ स्वेदशको अभ्यासले फाइदा गरेको अनुभव उनले सुनाइन्। ‘म हरेक दिन उकालो, ओरालो कठिन बाटोमा अभ्यास गरिरहेकी हुन्छु,’ उनले भनिन्, ‘शारिरिक रुपमा फिट छु। हरेक दिनको अभ्यासmiraले स्टामिना पनि छ। त्यसको फाइदा भयो र आज विश्व च्याम्पियन बन्न सफल भएँ। यो सफलता मेरा लागि सपना साचो भएजस्तै हो।’

यो सफलता उनले यतिकै पाएकी होइनन्। निरन्तरको अभ्यास, केही मनकारीको सहयोग, दुःखका दिनमा उत्साह बढाउन पाएका प्रशिक्षक र जुझारुपनाले उनलाई अघि बढ्न मद्दत गर्योन।

सुकबहादुर र पम्फा रानीका ५ (३ छोरी, २ छोरा) सन्तानमध्येकी दोस्रो सन्तान २४ बर्षकी मिरा अनमिनबाट अयोग्य भएपछि सानैदेखिको खेलकुदको रुची पूरा गर्न माओवादीकै पिएलएल स्पोर्टस क्लबसँग आवद्ध भइन। पिएलएबाट सुरुका दिनमा कराते प्रशिक्षण थालेकी उनको बालाजु कराते एकेडेमीका अध्यक्ष ध्रुवबिक्रम मल्लसँग भेट भयो।

मल्लले खेलाडी छनोटको सिलसिलामा सिन्धुली पुग्दा अनुपमा मगर र मिरामा खेलाडी बन्ने सम्भावना देखे। दुवैलाई उनले काठमाडौं झिकाएर स्थानिय प्रतियोगितामा प्रतिस्पर्धा गराउन थाले।

अनुपमाले कोरियाको इन्चोनमा गत वर्ष सम्पन्न १७ औं एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरेकी थिइन्। मिरा करातेको ५०–५५ केजीमा प्रशिक्षण गर्थिन्। कुनै पनि खेलमा दौडलाई आधारभूत आवश्यकता मानिन्छ। मिरामा जत्ति पनि दौडन सक्ने क्षमता थियो।

‘करातेमा फास्ट रिएक्सन चाहिन्छ। त्यो मिरामा थिएन। उनी दौडन चाँही जति पनि सक्थिन। त्यसैले मैले 4उनलाई दौडमै लाग्ने सल्लाह थिएँ र एथलेटिक्सका मुख्य प्रशिक्षक सुशील नरसिंह राणासँग भेट गराएँ,’ मल्लले सम्भि्कए, ‘त्यसपछि उनको जीवनले नयाँ अध्याय समायो।’

२०६५ सालतीर टोखामा भएको ५ किलोमिटर दौडमा कान्छीमाया कोजुले स्वर्ण पदक जित्दा मिरा तेस्रो भएकी थिइन्। एथलेटिक्समा पहिलो पटक पाएको त्यो सफलताले मिरालाई यसैमा लाग्न उत्साह र आत्मविश्वास दियो। उनले पिएलएलबाट पाँचौं र छैटौं राष्ट्रिय खेलकुदका ५ र १० किलोमिटर दौडमा प्रतिस्पर्धा गरिन्।

आर्थिक रुपमा कमजोर परिवारकी मिरालाई छैटौं राष्ट्रिय खेलकुदपछि फेरी खेलक्षेत्रमा सक्रिय रहने अनुमति मिलेन। उनी खेलकुदबाट ओझलमा परिन्। अभावले नेपाली खेलकुदलाई नयाँ उचाई दिने क्षमताकी प्रतिभालाई वैदेशिक रोजगारीमा जान बाध्य पार्यो ।

दुई वर्षअघि तीन वर्षे भिसामा मलेसिया जान उनी काठमाडौं आइपुगिन्। तर मल्लले मिरालाई रोके र फेरी एथलेटिक्सतिर नै डोर्या्ए।’मलाई तिम्रो घरको अवस्था थाहा छ।

तर पनि यति राम्रो दौडने मान्छे मलेसिया जाने होइन। एक वर्ष हेर, यहाँ केही भएन भने अनि जानु भनेँ,’ मल्लले सम्भि्कए, ‘त्यसपछि उनी पूर्ण रुपमा दौडमा होमिइन्।’ जति दौडदा पनि नथाक्ने देखेपछि मल्लले उनलाई लामो दौडका लागि प्रोत्साहित गरे।

समयक्रममा आफूले लगाउन नपाएको डाङग्री लगाउने सेनाका अल्ट्रा धावकहरुसँग उनको सम्वन्ध बन्यो। सेनाका भिम गुरुङ, कृष्ण गुरुङ, राज प्रधानलगायतको सल्लाहमा उनी विस्तारै लामो दुरीको दौडमा अभ्यास गर्न थालिन्।

त्यही क्रममा २०७० चैत ९ गते हिमालयन आउटडोर फेस्टिभलमा प्रतिस्पर्धा गर्दा मिराले पहिलो स्थान हासिल गरिन। जसले उनलाई एथलेटिक्सको जोखिमपूर्ण विधा अल्ट्रा दौडतर्फ आकर्षित गरायो।

‘त्यो मेरो लागि सबैभन्दा खुसीको दिन थियो। ५० किलोमिटर दौडिएर पूरा गर्छु भन्ने कल्पना पनि ग1रेकी थिइँन,’ मिराले स्मरण गरिन्, ‘सफल भएँ। त्यसले मलाई थप हौसला मिल्यो र अल्ट्रामा अघि बढ्ने निधो गरे।’

अभाव र अनिश्चितताका बीच सुरु उनको अल्ट्रा यात्रा अहिले इटाली पुगेको छ। यसबीचमा उनले हङकङमा चार तथा अस्ट्रेलिया र इटालीमा एक/एक पटक अल्ट्रा दौडमा भाग लिइसकेकी छिन्।

गत माघमा उनीे हङकङको स्काइ रनिङ एसियन च्याम्पियनसिपअन्तर्गत ५० किलोमिटर अल्ट्रा दौडमा महिलातर्फ च्याम्पियन बनेकी थिइन्। महिला र पुरुष गरी ३ सय ५२ जनाले पूरा गरेको दौडमा उनी समग्रमा भने छैटौं स्थानमा रहेकी थिइन्।

त्यो दौड उनले ५ घन्टा ३९ मिनेट ३१ सेकेन्डमा पूरा गरेकी थिइन्। एसियन च्याम्पियनसिपमा पुरुषतर्फ नेपाली सेनाका समिर तामाङ विजयी भएका थिए। मिराका लागि अल्ट्रा दौडको अन्तर्राष्ट्रिय यात्रा गतवर्ष सेप्टेम्बरमा इटालीबाट सुरु भएको थियो।

त्यहा ५७ किलोमिटरको अल्ट्रा दौड ६ घन्टा ३० मिनेट ३२ सेकेन्डमा पूरा गरेर उनले पहिलो अन्तर्राष्ट्रिय सहभागितालाई नै अविस्मरणीय बनाइन्। मिराका अनुसार हङकङमा एसियन च्याम्पियनसिपसहित भाग लिएका ४ मध्ये ३ मा उपाधि जितिन् भने ५० किलोमिटर दौडमा दोस्रो भइन्। भिसा ढिलो आएका कारण अस्ट्रेलियामा पुगेको भोलीपल्टै दौडमा भाग लिदा पनि उनी तेस्रो भएकी थिइन्।’
अल्ट्रा र अध्ययन
तत्काल उनले अल्ट्रा दौड वाहेक केही सोचेकी छैनन्। अल्ट्रापछि अध्ययन उनको प्राथमिकतामा छ। उनी तीन महिनाको कार्यक्रमका साथ इटाली पुगेकी छन्। जुलाईमा इटाली र त्यसपछि नर्वेमा हुने प्रतिस्पर्धामा सहभागि भएरमात्र उनी स्वदेश फर्कने छिन्।

त्यसपछि लगत्तै उनी अर्को प्रतिस्पर्धाका लागि स्पेन जानेछिन्। ‘तत्कालका लागि अल्ट्राबाहेक केही सोचेकै छैन,’ उनले भनिन्, ‘यसले मलाईमात्र होइन मेरो देशलाई पनि चिनाएको छ। शरीरले साथ दिएसम्म यसबाट अलग हुने कुरै आउँदैन।’

जीवनमा पढाइको महत्व पनि कम नभएको उनको बुझाइ छ। सिन्धुलीबाट एसएलसी उतिर्ण गरेकी उनले मानविकी पढ्न सुरु गरेकी थिइन्। ‘११ पनि सकाएँ तर १२ पूरा गर्न सकेको छैन,’ उनले भनिन्, ‘मलाई पढ्न मन छ। विना अध्ययन मान्छेको जीवन अधुरो हुन्छ। त्यसैले दौडसँगै पढाइलाई अघि बढाउने योजना छ।’
परिवारको साथ
परिवारले कुनै काममा कहिल्यै अवरोध नगरेकै कारण सफलता मिलेको मिराको बुझाइ छ। ‘हिजो माओवादीमा जाँदा पनि परिवारको साथ थियो। अहिले दौडमा पनि परिवारले सघाएकै छ। घरबाट मलाई जे गरे पनि हौसला मिलेको छ,’ उनले भनिन्, ‘परिवारको साथ विना त मान्छे कहाँ सफल हुन सक्छ र।

तर म जुन खेलमा छु त्यहाँ मेरो परिवारको साथले मात्र अघि बढ्न सम्भव छैन।’ उनले मल्ल, ट्रेल नेपालका बेलायती नागरिक रिचार्ड बुल, अहिले इटालीमा आश्रय दिने र अभ्यास गराउने टिटा टोनीलगायत प्रति अभार व्यक्त गरिन्। उनले सम्भि्कइन् ‘मल्ल गुरुलाई भेट्नु मेरो जीवनको ‘टर्निङ प्वाइन्ट’ हो।’

त्यसपछि रिचर्ड सर, टोनी, नेपालका सिनियर दाइहरु, अन्य विदेशी सबैले हौसला दिनुभयो। जसले मलाई अघि बढ्न मद्दत गर्योत। मेहनत गर्दै गए, सफलता पनि मिल्दै गयौं। अब त आदत जस्तो भइसक्यो। मेरा लागि धेरैले सहयोग गर्नुभयो, तर मैले उहाँहरुका लागि केही गर्न सकेको छैन।’
भविष्य उज्ज्वल
मिराको नजरमा अल्ट्रा दौडमा नेपालको सम्भावना उज्ज्वल छ। ‘म मात्र होइन। लामो दुरीमा नेपालीहरु एकदम उत्कृष्ट छन्। विदेशमा भाग लिदा नेपालीले शीर्षस्थान ल्याइरहेका छन्,’ उनले भनिन्, ‘अल्ट्रा दौड आयोजनाका लागि पनि नेपाल उपयुक्त स्थान हो।

यस्तो दौड गर्न सके विश्वभरका खेलाडी नेपाल आउँछन्। त्यसले नेपालको पयर्टन व्यवसाय र अर्थतन्त्रमा पनि फाइदा पुग्न सक्छ। यसतर्फ सरकारको ध्यान जान जरुरी छ।’

नागरिक दैनिकककाे सहयोगमा

थप सामाग्री पढ्नुहोस्

भोजपुरे छोरीले राखिन नेपालको शान (फोटो फिचर सहित)

विश्वमाझ चम्केकी भोजपुरे छोरीको यस्तो छ सफलताको कथा

प्रकाशित मिति: १८ असार २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्