ट्रम्पको घोषणासँगै तेलको मूल्यमा गिरावट



वासिङ्टन डिसी । स्ट्रेट अफ हर्मुजमा रोकिएका पानीजहाजहरूलाई सुरक्षित निकास दिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणासँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा केही गिरावट आएको छ।

ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमार्फत ती क्षेत्रमा थुनिएका जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न अमेरिकाले सहयोग गर्ने बताएपछि सोमबार तेलको मूल्य ओरालो लागेको हो।

बजारमा ब्रेन्ट क्रुडको मूल्य ६४ सेन्टले घटेर प्रतिब्यारेल १०७।५३ डलर कायम भएको छ भने अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लुटीआई) ८४ सेन्टले घटेर १०१।१० डलरमा झरेको छ। ट्रम्पले इरान, मध्यपूर्व र अमेरिकाको हितका लागि भन्दै प्रतिबन्धित जलमार्गबाट जहाजहरूलाई सुरक्षित रूपमा बाटो देखाउने र व्यापारिक गतिविधि सहज बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

ट्रम्पको यो कदमले बजारमा केही राहत दिए पनि अमेरिका र इरानबिच शान्ति सम्झौता हुन नसक्दा तेलको मूल्य अझै पनि १०० डलर माथि नै रहेको छ। स्ट्रेट अफ हर्मुजमा व्यापारिक आवागमन अझै पनि सीमित छ र दुवै देशबीच भइरहेका वार्ताहरू निष्कर्षमा पुग्न सकेका छैनन्।

विश्लेषकहरूका अनुसार दुवै पक्ष आआफ्नो अडानबाट पछि हट्न तयार नभएका कारण शान्ति वार्ताहरू सुस्ताएका छन्। ट्रम्पले तेहरानसँगको आणविक सम्झौतालाई प्राथमिकतामा राखेका छन् भने इरानले युद्ध अन्त्य नभएसम्म र खाडी क्षेत्रको ढुवानीमा लगाइएको नाकाबन्दी नहटेसम्म आणविक मुद्दामा छलफल नगर्ने अडान राख्दै आएको छ।

प्बवबचष्ब
यसैबिच, पेट्रोलियम निर्यातक देशहरूको संगठन ९ओपेक प्लस० ले जुन महिनाका लागि तेल उत्पादनको लक्ष्य दैनिक १ लाख ८८ हजार ब्यारेलले बढाउने निर्णय गरेको छ।

प्रकाशित मिति: २१ बैशाख २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्