दुर्घटनामा एक जनाको मृत्यु


 


बारा,असार १८

वीरगंज-पथलैया सडक खण्ड अन्तर्गत बाराको गढीमाइ नगरपालिका-१० मा शुक्रबार बिहान बस र ट्रयाक्टर ठोक्किदा एक जनाको ज्यान गएको छ । अन्य दुई जना घाइते भएका छन ।

काठमाडौबाट वीरगंजका लागि छुटेको ना ५ ख ३०९९ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको ना १ त ९१५० नम्बरको ट्रयाक्टर ठोक्किदा ट्रयाक्टरका सह चालक गढीमाइ नगरपालिका-९ का २६ बर्षका कन्हैया महतोको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा ट्रयाक्टर चालक गढीमाइ नगरपालिका -१० का रामनाथ दास, अर्का सहचालक दिनेश गिरी र बसका सहचालक कलैया – ७ का श्यामबाबु सहनी घाइते भएका छन् । घाइतेको वीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालमा भैरहेको छ ।

प्रकाशित मिति: १८ असार २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्