सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, उपाध्यक्षको जिम्मेवारीसहित हर्कले गरे स्वागत



काठमाडौं । पूर्वमन्त्री सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्।

आज काठमाडौंको बागबजारस्थित हार्दिक होटेलमा आयोजित कार्यक्रममार्फत श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले किराँतीलाई पार्टीमा भित्र्याएका हुन्।

किराँतीलाई वरिष्ठ नेतासहित दोस्रो वरीयतामा श्रम संस्कृति पार्टीको उपाध्यक्षको जिम्मेवारीमा दिने सहमति भएको छ।

यसैगरी किराँती पक्षले वरिष्ठ नेतासहित एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्य पाउने जनाइएको छ।

जेनजी आन्दोलनपछि तत्कालीन नेकपा (माओवादी केन्द्र)ले नेकपा (एकीकृत समाजवादी) सहितका दलसँग एकता गरेमा असहमति जनाउँदै उनी जनार्दन शर्मासहित प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपामा लागेका थिए ।

तर गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक सिट पनि जित्न नसकेपछि गत चैत ९ गते राजीनामाबाट पनि राजीनामा दिएका थिए।

प्रकाशित मिति: २५ बैशाख २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्