रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा



काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ ।

बैठक आज साँझ ६ बजे पार्टी केन्द्रीय कार्यालय घन्टीघर, वनस्थलीमा बस्नेगरी बोलाएको हो ।

बैठकमा पार्टीको भेला, अधिवेशन विशेष तालिका, पार्टीका आयोग, विभागमा पदाधिकारी मनोनयनबारे छलफल हुने बताइएको छ ।

यस्तै, जिल्ला समिति विघटन, अनुशासनात्मक कारबाही, केन्द्रीय समिति बैठक आह्वान लगायत अन्य विषय पनि छलफल हुने छ ।

प्रकाशित मिति: २७ बैशाख २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्