कम्युनिस्टलाई सखाप पार्ने खेल भएका छन् त्यसैले एकता आवश्यक छ : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा अझै पनि कम्युनिस्टहरूको प्रभाव जनतामा उल्लेख्य रहेको दावी गरेका छन् ।
२६औँ निर्मल लामा स्मृति सभामा आयोजित सभालाई सम्बोधन गर्दै उनले फेरि श्रमजीवि वर्ग र कम्युनिस्ट एकतामा केन्द्रित गरेर नयाँ यात्रामा लाग्नुपर्ने बताए ।
सम्बोधनका क्रममा उलने भने–‘हिजो यसो गर्यौं र त्यसो गर्यौं भनेर आजको आवश्यकता पूरा हुने अवस्था छैन ।’
एकता र विभाजनका धेरै शृङ्खला हुँदै आजको दिनसम्म आएको बताउँदै अहिले एकताको आवश्यकता झनै विशेष रुपले अघि बढेको उनको भनाइ थियो ।
अहिले देशमा साम्राज्यवादीहरूको हस्तक्षेप बढेको र देश अप्ठेरो अवस्थामा आइपुगेको बताउँदै उनले भने–‘सच्चा कम्युनिस्टको बीचमा एकताको आवश्यकता अहिले झन् विशेष रुपले बढेको छ । कम्युनिस्टलाई सखाप पार्ने जुन खेल भएका छन्, त्यो अझै सतहमा आएका छैनन् भन्ने मेरो बुझाइ छ ।’
प्रकाशित मिति: २७ बैशाख २०८३, आइतबार
















