के हुन् रास्वपाका सवालमा कविन्द्र बुर्लाकोटीले नपत्याउनु भनेका २ कुरा
काठमाडौँ, २८ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले बिचौलियापन पार्टीले प्रवर्द्धन नगर्ने बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै महामन्त्री बुर्लाकोटीले यस्तो बताएका हुन्।
उनले बिचौलियापन पार्टीको नीति विपरीत भएको समेत बताए । उनले सार्वजनिक पदहरूमा पार्टी नेतालाई भनसुन गरी नियुक्ति दिलाउँछु भन्ने कुरा नपत्याउन आग्रह गरे ।
त्यस्तै आगामी स्थानीय तह निर्वाचनमा टिकट दिलाउँछु भन्ने कुरा पनि नपत्याउन उनले आग्रह गरे।
प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार
















