रास्वपाको बारा जिल्ला समिति विघटन



काठमाडौँ, २८ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बारा जिल्ला समिति विघटन गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार बसेको बैठकले बारा जिल्ला समिति विघटन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

प्रदेश समितिको सिफारिसको आधारमा बारा जिल्ला समिति विघटन गर्ने निर्णय भएको उनले बताए ।

झाका अनुसार विभिन्न जिल्लाका १५ जना सदस्यहरूको सदस्यता पनि खारेज गरिएको छ । ‍पार्टी हित विपरीत कार्य गरेकाले उनीहरूको सदस्यता खारेज गरिएको उनले जानकारी दिए ।

उनीहरूको नाम भने रास्वपाले सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्