मन्त्रिपरिषद् बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने तयारी



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

अहिले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको छ ।

आजै अपराह्न सुरु हुने सङ्घीय संसद्को बजेट अधिवेशन र सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सन्दर्भमा यो बैठकलाई महत्वपूर्ण मानिएको छ।

बैठकमा सरकारका नीतिगत निर्णयहरू र सदनमा पेस गरिने विभिन्न अध्यादेशहरूबारे छलफल हुने सम्भावना छ।

संसद्का प्रवक्ता एकराम गिरीले अधिवेशनको पहिलो दिन संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने जानकारी दिए।

राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन्।

नीति तथा कार्यक्रम प्रस्तुत भएपछि त्यसमाथि छलफल हुने र निर्णयार्थ प्रस्तुत गरिने कार्यक्रम रहेको छ। नीति तथा कार्यक्रम पारित भएपछि प्रि–बजेट (बजेटपूर्वको छलफल) सुरु हुनेछ।

प्रकाशित मिति: २८ बैशाख २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्