जिल्ला शिक्षा कार्यालयको फाइल अख्तियारको नियन्त्रणमा


 


गौशाला, १८ असार

अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौँडाका सम्पर्क कार्यालय बर्दिबास, महोत्तरीले बिहीबार साँझ जिल्ला शिक्षा कार्यालयको २३ वटा जिल्लान्तर सरुवाका फाइल नियन्त्रणमा लिएको छ ।

जिल्ला शिक्षा अधिकारी अरविन्दलाल कर्णले जिलान्तर सरुवामा व्यापक आर्थिक अनियमितता एवम् चलखेल गरेको आरोपमा अख्तियारको सम्पर्क कार्यालय बर्दिबासको टोलीले कार्यालयको फाइल नियन्त्रणमा लिएको हो ।

जिल्ला शिक्षा अधिकारी कर्णविरुद्ध मौखिक तथा लिखित उजुरीहरु परेपछि जिलान्तर सरुवाका फाइल नियन्त्रणमा लिइएको टोली प्रमुख प्रहरी उपरीक्षक बास्तोलाले बताए ।

नेपालको विभिन्न जिल्लाबाट महोत्तरीका विभिन्न माध्यमिक विद्यालयमा १२, निम्नमाध्यमिक विद्यालयमा पाँच र प्राथमिक विद्यालयमा छ जना जिलान्तर सरुवा भएर आएका छन् ।

रासस

प्रकाशित मिति: १८ असार २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्