इटालियन कपको उपाधि इन्टर मिलानलाई



काठमाडौँ, ३१ वैशाख। इटालियन कपको उपाधि इन्टर मिलानले जितेको छ। लिग च्याम्पियन इन्टर मिलाले गएराति लाजियोलाई २–० ले पराजित गर्दै दुई घरेलु कप हात पारेको छ। इन्टरले यसअघि इटालीको सिरी ए पनि जितेको थियो।

रोममा भएको खेलमा एडम मरुसिचको आत्मघाती गोलमा अगाडि रहेको इन्टरका लागि लउटारो मार्टिनेजले एक गोल थपे।
यो सिजन सबै खाले प्रतियोगितामा मार्टिनेजको यो २२ औं गोल हो।

दुवै गोल पहिलो हाफमै भएको थियो। इन्टरले इटालियन कप जितेको यो १०औँ पटक हो।

प्रकाशित मिति: ३१ बैशाख २०८३, बिहिबार