नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुला
काठमाडौँ, १८ जेठ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल ले आगामी भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने ‘नाडा अटो शो २०२६’ का लागि स्टल बुकिङ खुला गरेको छ ।
नाडाद्वारा आयोजित अटोमोबाइल क्षेत्रको १८औँ संस्करणको यस प्रदर्शनीका लागि जेठ १८ देखि २६ गतेसम्म स्टल बुकिङ खुला गरिएको जनाएको छ ।
सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा तथा अटोमोबाइल क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्था र व्यवसायीहरूको सहभागिता रहने उक्त प्रदर्शनी नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनीका रूपमा परिचित छ ।
नाडाका अनुसार अटो शोले अटोमोबाइल उत्पादक, आयातकर्ता, वितरक, सेवा प्रदायक तथा सम्बन्धित उद्योगलाई आफ्ना नवीनतम उत्पादन, प्रविधि र सेवाहरू प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ ।
प्रदर्शनीमा हजारौँ आगन्तुक, उद्योग व्यवसायी, लगानीकर्ता तथा सञ्चारकर्मीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।
स्टल बुकिङसम्बन्धी विस्तृत जानकारी, आवेदन प्रक्रिया, शुल्क तथा अन्य विवरण व्यवस्थापक कम्पनीबाट प्राप्त गर्न सकिने नाडाले जनाएको छ । आयोजकले इच्छुक संस्थाहरूलाई समयमै बुकिङ सुनिश्चित गरी प्रदर्शनीमा सहभागी हुन आग्रह गरेको छ ।
प्रकाशित मिति: १८ जेष्ठ २०८३, सोमबार







