असार २६ गतेबाट ‘भागदौड’



काठमाडौं । चलचित्र ‘भागदौड’ असार २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले मंगलबार दुई फरक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएको हो ।

पोस्टरमा चलचित्रका प्रमुख कलाकारलाई देख्न सकिन्छ । हिमाल उप्रेतीको लेखन तथा निर्देशन रहेको चलचित्रमा अनिशा श्रेष्ठ, घनश्याम जोशी, शारदा राई ९सारा०, विशाल पोखरेल, शेखर चापागाईं, देशभक्त खनाल, लक्ष्मी गिरी, शंकर महर्जन, सुवास तिमिल्सिनालगायत कलाकारहरूको अभिनय छ ।

लेखक तथा निर्देशक उप्रेतीले चलचित्रले लोभ, लालच, जालझेल र ठगीमा आधारित मानव जीवनको नैतिक संकटलाई चित्रण गर्ने कथा देखाउने बताएका छन् ।

प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्