वीर अस्पतालका करार कर्मचारी आन्दोलित, सेवा सुविधाबाट वञ्चित गराइएको गुनासो



काठमाडौँ । वीर अस्पतालमा कार्यरत करारका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । सेवा सुविधाबाट वञ्चित गराइएको भन्दै शुक्रबार उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

करारका कर्मचारीलाई श्रम शोषण गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन् । विगतदेखि उपलब्ध गरिँदै आएको सेवा सुविधाबाट वञ्चित गराइएको उनीहरूकाे गुनासो छ ।

करार कर्मचारी पृन्स पट्टेलले जोखिम भत्ता समेत नपाएको बताए । पट्टेलले भने,’हामीले निर्देशकको कार्यकक्षमा धर्ना दिएका छौँ । अब भोलिदेखि पेन डाउन गर्छाैँ ।’

प्रकाशित मिति: २९ जेष्ठ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्