राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित
काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरको फार्मेसीमा कार्यरत तीन जना फार्मेसी सहायक निलम्बनमा परेका छन्।
सेवाग्राहीहरूबाट प्राप्त विभिन्न गुनासो तथा सोही आधारमा दर्ता भएका उजुरीहरूमाथि गरिएको प्रारम्भिक अनुसन्धानबाट आरोपहरू पुष्टि भएपछि अस्पताल प्रशासनले मंगलबार उनीहरूलाई निलम्बन गरेको हो।
निलम्बित कर्मचारीहरूमाथि सेवाग्राहीलाई मर्का पारेको र व्यावसायिक आचरण विपरीत कार्य गरेको आरोप लागेको छ।
निलम्बन लगत्तै अस्पताल प्रशासनले यस विषयमा विस्तृत छानबिन गर्नका लागि एक उच्चस्तरीय छानबिन समिति समेत गठन गरेको अस्पतालका निर्देशक डा.रुद्र मरासिनीले जानकारी दिए।
प्रकाशित मिति: ९ असार २०८३, मंगलबार












