हेर्नुस् आजको राशिफल



शनिबार, १३ असार २०८३ (२७ जुन २०२६)। हेर्नुस् आजको राशिफल-

मेष: हठी स्वभावका कारण केही काममा अवरोध आउन सक्छ। शरीरमा ऊर्जा र उत्साहको कमी महसुस हुन सक्छ। सोचविचार नगरी दिएको वचनले अप्ठ्यारो परिस्थिति निम्त्याउन सक्छ। आलोचना गर्ने व्यक्तिप्रति सजग रहनु राम्रो हुनेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ४४, वैदेशिक कार्यमा ४० र शिक्षामा ४४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ४६ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीको स्मरण गरेर कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

वृष: सुखदुःखको अवस्था सन्तुलित रहनेछ। नजिकका व्यक्तिको साथ र सहयोगले महत्त्वपूर्ण काम सम्पन्न हुनेछन्। आफ्नो क्षमता र प्रभावले कार्यक्षेत्रमा राम्रो स्थान बनाउन सकिनेछ। मन शान्त रहने तथा कला–संस्कृतिप्रति आकर्षण बढ्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ५७, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीको स्मरण गरेर कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

मिथुन: भाग्यले नयाँ अवसरहरू प्रदान गर्नेछ। स्थान परिवर्तन वा नयाँ वातावरणसँग जोडिने सम्भावना छ। आफ्ना महत्त्वपूर्ण योजना गोप्य राखेर अघि बढ्दा सफलता मिल्नेछ। ‘मेहनतले भोलिको पहिचान बनाउँछ’ भन्ने विचार राख्नुहोला।

भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५६, व्यापारमा ६३, वैदेशिक कार्यमा ६१ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीको स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

कर्कट: अधुरा कामले पुनः गति लिने सम्भावना छ। सम्पत्तिसम्बन्धी कार्यमा सकारात्मक संकेत देखिन्छ। कठिन लागेका काम बुद्धि र प्रयासले सम्पन्न हुनेछन्। ‘फरक सोचले नै फरक सफलता दिलाउँछ’ भन्ने विचार राख्नुहोला।

भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६६, वैदेशिक कार्यमा ६८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशातर्फ यात्रा नगर्ने।

सिंह: रिस, आवेग र भावनात्मक उतारचढावमाथि नियन्त्रण गर्नु आवश्यक देखिन्छ। अरूको आग्रह अस्वीकार गर्न नसक्दा खर्च बढ्न सक्छ। दिनको उत्तरार्धमा वैदेशिक क्षेत्रबाट राम्रो समाचार वा सफलता प्राप्त हुन सक्छ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ४३, वैदेशिक कार्यमा ६६ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌को स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

कन्या: मानसिक चिन्ता वा अन्योलले केही समय सताउन सक्छ। अपेक्षा गरेअनुसार परिणाम नआउँदा निराशा महसुस हुन सक्छ। यात्रा गर्दा सावधानी अपनाउनु उचित हुनेछ। साँझतिर आफन्तसँग भेटघाट हुनेछ। नयाँ योजनाको चर्चा हुनेछ। ‘धैर्यताले सही समय ल्याउँछ’ भन्ने विचार राख्नुहोला।

भाग्यशाली रङ आकासे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६६, वैदेशिक कार्यमा ६२ र शिक्षामा ५७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५५, यात्राको योग ४६ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

तुला: नयाँ ज्ञान तथा अनुभव प्राप्त गर्ने अवसर मिल्नेछ। धार्मिक तथा शुभकार्यमा सहभागी भइनेछ। लामो दूरीको यात्रा लाभदायक र सफल रहने सम्भावना छ। परिवारजनको सहयोग र उचित निर्णयले कार्यसफलता दिलाउनेछ।

भाग्यशाली रङ घ्यू रङ र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ५८, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीको स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

वृश्चिक: नयाँ ज्ञान तथा अनुभव प्राप्त गर्ने अवसर मिल्नेछ। भेटघाट र सम्बन्ध विस्तारले मन प्रसन्न बनाउनेछ। एउटै प्रयासबाट दोहोरो लाभ मिल्ने सम्भावना छ। प्रेम, मित्रता तथा दाम्पत्य जीवनमा आत्मीयता बढ्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६९, वैदेशिक कार्यमा ६० र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६७, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीको स्मरण गरी कार्य प्रारम्भ गर्ने। लामो यात्रा नगर्ने।

धनु: मनमा अन्योल र द्विविधा बढ्न सक्छ। चाहेजस्तो परिणाम नआउँदा निराशा महसुस हुन सक्छ। आफन्त वा साथीभाइसँग दूरी बढ्दा मन खिन्न बन्ने सम्भावना छ। स्वास्थ्य तथा खर्चको विषयमा विशेष सावधानी आवश्यक देखिन्छ।

भाग्यशाली रङ घ्यू रङ र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४५, व्यापारमा ३८, वैदेशिक कार्यमा ५१ र शिक्षामा ४६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ४० र सम्पूर्ण भाग्याङ्क ४३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले बिघ्नहर्ता गणेशजीको स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

मकर: सिर्जनशील सोच र नवीन योजनाले सफलता दिलाउनेछ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। आत्मविश्वासका साथ अघि बढ्दा उपलब्धि हासिल गर्न सकिनेछ। ‘मनको शान्ति नै साँचो सफलता हो’ भन्ने विचार राख्नुहोला।

भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ६२, व्यापारमा ६१, वैदेशिक कार्यमा ६५ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीको स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

कुम्भ: लाभदायक यात्रा हुनेछ। रोजगारीको अवसर प्राप्त हुनेछ। महिला वा साथीभाइको सहयोग प्राप्त हुनेछ। कानुनी तथा न्यायिक विषयमा सफलता मिल्ने सम्भावना छ। आफ्नो प्रभावले काम बन्ने संकेत देखिन्छ। ‘प्रयास कहिल्यै खेर जाँदैन’ भन्ने विचार राख्नुहोला।

भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ६३, वैदेशिक कार्यमा ५३ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीको स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

मीन: रमाइलो तथा सुखद यात्राको सम्भावना छ। आफ्नो व्यवहार र व्यक्तित्वले अरूको मन जित्न सकिनेछ। आफ्नो प्रतिभा र कार्यक्षमताले प्रशंसा प्राप्त गर्ने दिन रहनेछ। ‘आज म चुपचाप मेहनत गर्छु’ भन्ने विचार राख्नुहोला।

भाग्यशाली रङ पर्पल र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६४, वैदेशिक कार्यमा ६१ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहको स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

प्रकाशित मिति: १३ असार २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्