सिरहामा सीमाक्षेत्रबाट ११ लाख बढीका सामान मोटरसाइकलसहित बरामद



सिरहा । सिरहाका विभिन्न सीमावर्ती क्षेत्रबाट अवैध सामानहरु सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भन्सार छलेर भित्र्याइँदै गरेका र भारततर्फ लैजाँदै गरिएका करिब ११ लाख १० हजार ४२५ बराबरका मोटरसाइकल, किराना सामान र मदिरा सशस्त्र प्रहरीले बरामद गरेको हो ।

शुक्रबार मात्र न। ७ गण हेडक्वार्टर सिरहाले शुक्रबार जिल्लाका विभिन्न सीमा क्षेत्रमा सञ्चालन गरेको गस्ती तथा निगरानीका क्रममा उक्त सामग्री बरामद गरेको हो ।

सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमन जंग थापाका अनुसार बरामद गरिएका मोटरसाइकल, किराना सामग्री र मदिराको अनुमानित मूल्य रु। ११,१०,४२५ रहेको छ। बरामद सामग्री आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए ।

एसपी थापाले सीमा क्षेत्रमा हुने अवैध चोरीपैठारी तथा भन्सार छलि नियन्त्रणका लागि सुरक्षा निगरानी र गस्तीलाई अझ प्रभावकारी बनाइएको पनि बताए।

प्रकाशित मिति: २० असार २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्