आजको राशिफल



मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् भने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । पढाइ लेखाइमा भनेजस्तो प्रगति गर्न सकिनेछ भने खेलकुद वा पराक्रमी क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । उद्योग, शेयर बजार तथा व्यापारमा सुझबुझका साथ लगानी गरी नाफा कमाउन सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययनमा सुधार भएर जानेछ भने बौद्धिक क्षेत्र फराकिलो हुनेछ । आफन्त तथा साथीभाइबाट सुनिने सुखद समाचारले उत्साहित होइनेछ । प्रेमिल जोडीहरूका लागी समय उत्तम रहेको छ । बोलीको प्रभाव बढ्नाले थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ । ग्रामीण क्षेत्रमा कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ । खाद्यान्न, होटल तथा रेष्टुरेन्ट जस्ता क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) नयाँ कामको प्रस्ताव आउनेछ भने गरिरहेको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन प्राप्त हुनेछ । खाेजीमुलक क्षेत्रमा रुचि बढ्नेछ भने अध्ययनमा भनेजस्तो सफलता चुम्न सकिनेछ । सामाजिक काम गरी इज्जत प्रतिष्ठा कमाउन सकिनेछ । प्रेमील जोडीहरूका लागी समय उत्तम रहेको छ । वित्तीय बजार तथा व्यापारको लगानीबाट नाफा कमाउन सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सामान्य स्वास्थ्य सम्बन्धी समस्याबाट दिन गुज्रिनेछ भने काम गर्ने जोस जागरमा कमी आउनेछ । अरूको भरपर्दा काम नबन्ने तथा चिताएको काममा विलम्ब हुनेछ । समयले गलत मार्गमा डोर्‍याउनाले व्यवहार बिग्रनेछ भने गलत सङ्गतबाट सजक रहनुहोला । अग्रज तथा आफन्तबाट भनेजस्तो सहयोग नपाइन सक्छ । तर पनि अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) लामो समयदेखि रोकिएर बसेका कामहरू बन्नेछन् । व्यापार तथा शेयर बजारमा लगानी गर्दा भविष्यमा आम्दानी हुनेछ । परिवारका इच्छा, आकांक्षा तथा मनोकामना पूर्ति गर्न सकिनेछ । पैतृक तथा सञ्चित धनको प्रयोग गर आम्दानीमा वृद्धि गर्न सकिनेछ । अध्ययनमा प्रतिस्पर्धीहरूलाई उछिन्दै अग्र स्थानमा आउन सकिनेछ । प्रेमील जोडीहरूका लागी समय उत्तम रहेको छ । वंश वृद्धिको योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समाजमा नेतृत्वदायी भूमिकामा बसेर काम गर्न सकिने तथा मान सम्मान इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । नयाँ काम गर्न सकिनेछ भने नोकरीमा बढुवा हुने योग रहेको छ । व्यापार तथा शेयर बजारमा लगानी गर्ने समय रहेको छ । कृषि तथा पशुपालन व्यवसायमा समय व्यातित हुनेछ । पढाइले लेखाइमा मन जानेछ भने अध्ययनकै सवालमा प्रविधिको प्रयोग गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) धर्म तथा अध्यात्म क्षेत्रसँग सम्बन्धित सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । कार्यक्षेत्रमा सहकर्मीको साथ रहने हुनाले उपलब्धि हासिल गर्न सकिनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । प्रेम सम्बन्ध सुमधुर रहने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ । धनधान्य तथा सुखमा वृद्धि हुनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्त तथा चेली माइती बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाइनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार भावमा गोचर गर्ने चन्द्रमाले व्यापार तथा वित्तीय क्षेत्रमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा राज्यको नजिक बसेर काम गर्नेहरूका लागी समय उत्तम रहेको छ । अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बिच मायाको डोरो कसिनेछ । कीर्तिमानी काम गरी नाम कमाउन सकिनेछ । खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आट, साहस, हिम्मतले कामहरू सम्पादन हुनेछन् । अध्ययनमा एक कदम अगाडी बढी नतिजा हात पार्न सकिनेछ । पुराना ऋण तिर्न सकिने तथा रोग केही भए विशेषक हुनेछ । मामा मावली पक्षसँग बिग्रेका सम्बन्ध सुधार हुनेछ । पछिसम्म आम्दानी भइरहने व्यवसाय सुरु गर्न सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ । खाद्यान्न तथा औषधीजन्य सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) शिक्षा तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापार व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । बैंक तथा वित्तीय क्षेत्रमा काम पाउने तथा बढुवा हुने योग रहेको छ । पढाइ लेखाइमा मन जानेछ भने अध्ययन कै सिलसिलामा यात्रा हुने योग रहेको छ । प्रेम गर्ने जोडीहरूका लागी समय उत्तम रहेको छ भने भौतिक सम्पत्ति तथा बिलासी वस्तु उपहारको रूपमा प्राप्त हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आफन्तहरू टाढिने तथा पति पत्नी बिच सामान्य मनमुटाबको सिर्जना हुनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी समय मध्यम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाइनेछ । व्यापार व्यवसायमा नाफा कमाउन निकै नै समय खर्चनु पर्नेछ । तर पनि कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

प्रकाशित मिति: ३० असार २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्