कति छ सुनको भाउ?



काठमाडौं। नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर २ लाख ८४ हजार ८०० रुपैयाँ पुगेको छ। मंगलबार सुनको मूल्य २ लाख ८४ हजार रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले वृद्धि भएको छ। मंगलबार ४ हजार ३६० रुपैयाँ रहेको चाँदीको मूल्य आज ४ हजार ४१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रकाशित मिति: ३१ असार २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्