८० हजार भारुमा मामाले नै भान्जालाई बेचे


 


काठमाडौ, असार २०

काम गर्ने छतबाट लडेर मृत्यु भएको भनेर काजकिरियासमेत गरिसकेका व्यक्ति २५ वर्षपछि  जिउँदै फर्किएपछि सप्तरीको देउरी भरुवा गाविसवासी आश्चर्यमा परेका छन् । मृत्यु भइसकेको भनिएका दृउरी भरिया ९का ३५ वर्षीय सूर्यनारायण शाह शकुसल घर फर्किएपछि गाउँबासी खुसी देखिएका छन् ।

छोराको मृत्यु भइसकेको जानकारी आफ्नै भाई चलित्तर साहले दिएपछि विश्वासमा परी आमा सोमादेवीले रितिरिवाज अनुसार छोराको काजकिरिया गरेकी थिईन ।

रोजगारीका लागि मामा चलित्तर साहसँग १० वर्षको कलिलो उमेरमा पन्जाब राज्यको जालन्धर सहर पुगेका छोरा सूर्यनारायणको काम गर्ने क्रममा छतबाट खसेर मृत्यु भएको खबर आएपछि पिता बेचन साहको ह्रदयघात भएको मृत्यु भएको थियो ।

बुझ्दै जाँदा उनलाइ मामा चलित्तरले ८० हजार भारुमा बेचेको खुल्न आएको छ भन्दै अाजको राजधानी दैनिककले खबर छापेको छ ।

प्रकाशित मिति: २० असार २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्